अछाममा भीषण बाढीपहिरो : घरभित्र पुरिएका ४ जनाको शव भेटियो, १२ जना बेपत्ता

दाङ समाचार
दाङ समाचार १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– लगातारको वर्षाले पहिरो जाँदाअछाममा ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटाभन्दा धेरै घर पुरेको छ।

पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

कमलबजार –६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको र कमलबजारबाट ७ जनालाई जीवितै उद्धार गरिएको छ।

उता, तुर्माखाँद–५ मा पनि ९ जना बेपत्ता भएको खबर आएको अछाम प्रहरी प्रमुख नारायण डाँगीले बताए। त्यहाँका लागि प्रहरी घटनास्थल पुग्दैछ भने कमलबजारमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ।

अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा समस्या भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्