लगातारको वर्षातका कारण कतै डुबान कतै पहिरो

दाङ समाचार
दाङ समाचार १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

दाङ – लगातार परेको अविरल वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका धेरै ठाउँमा वर्षाले सडक भत्काउने, पहिरो खसाल्ने जस्ता असर गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो । वर्षाका कारण लमही, अमिलिया, गढवा, राप्ती, कक्रहवा, राजपुर, बनकट्टी, राताकाँस, फलकापुर लगायतको क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रमुख विरबहादुर वलिले जानकारी दिए।

May be an image of tree and outdoors

यता लमही नगरपालिका वातावरण सरसफाइ तथा विपद् व्यवस्थापन शाखाले क्षतिकाे विवरण संकलन सुरु गरेको शाखा प्रमुख गायत्री थापाले जानकारी दिईन। अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ, उनले भनिन । यसैगरी तीनदिन देखि अविरल वर्षातका कारणका पूर्वपश्चिम महेन्द्र राजमार्गको लमही ९ तिलकन्या स्थित पहिरो खस्दा बिहान केहि बेर सडक अवरुद्ध भएको थियोे ।

May be an image of outdoors

निरन्तरको वर्षातले लमहीका विभिन्न स्थान डुबानमा भएकाले थप जोखिम हुन नदिन नगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रमुख गायत्री थापाले बताईन । निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका छन।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्