दंगाली श्रष्टा विष्ट र विसीलाई सर्वोत्कृष्ट गीत अवार्ड

दाङ समाचार
दाङ समाचार ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

दाङ – आठौं राष्ट्रिय राप्ती म्यूजजिक अवार्ड २०७९ वितरण गरिएको छ ।

बुधबार राप्ती समाजले काठमाडौंमा गरेको कार्यक्रममा दंगाली श्रष्ठाहरु प्रवल विष्ट र सुुनिल विसीले फरक– फरक बिधामा सर्वोत्कृष्ट उपाधि पाएका छन् ।

गजल विद्यामा शब्द रचना तर्फको सर्वोत्कृष्ट गजल अवार्ड दंगाली श्रष्टा विष्टले जितेका छन् ।
‘सराबलेनी छुन्न रैछ’ बोलको विष्टको गजलमा माण्डपी त्रिपाठीको स्वर छ । गीतमा संगीत विपिनआचार्यको छ ।

गजल रचियता विष्टको छोरीले बुवाको तर्फबाट उनले पाएको अवार्ड लिन गएकी थिइन । आँफ्नो गजल उत्कृष्ट भएपछि विष्ट थप उत्साहित बनेका छन् ।

त्यस्तै दंगाली श्रष्टा सुनिल विसीले लेखेको ‘उस्लाई पाउन मन्दिरमा पुग्थे’ बोलको गीतले वर्ष सर्वोत्कृष्ट आधुनिक संगीतकारको अवार्ड जित्न सफल भएको छ ।

गीत चर्चित आधुनिक गायक प्रमोद खरेलको स्वरमा छ । विसी र विष्ट नेपाली संगीत आकाशमा जगमगाउँदै गएका श्रष्टाहरु मध्यका हुन । उनीहरुले लेखेका गीतहरुले यसअघि पनि चर्चा बटुल्दै आएका छन् । त्यस्तै दाङकै गीतकार खड्ग विवश विसीले पनि सुगम संगीत गीतकारको अवार्ड हात पार्न सफल भएका छन् । फरककोण

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्