खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला परेका छन् । दाङ घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता घोराही–१० का २८ वर्षिय सुनिल पुन मगरको शव चार दिनपछि फेला परेको हो ।

गत साउन ९ गते घोराही-७ स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका पुनको शव घटनास्थलदेखि ३ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्