बेला स्कुल तोडफोड गर्ने त्रिलोक कार्की पक्राउ

दाङ समाचार
दाङ समाचार १८ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – सार्वजनिक मुद्दामा दोषी भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-२ मटेरिया निवासी त्रिलोक कार्की रहेका छन । कार्कीले केहि महिना अगाडी जनज्योती माध्यामिक विद्यालय बेलामा प्रवेश गरि तोडफोड गर्नुका साथै शिक्षक माथि हातपात समेत गरेका थिए ।

उनि बिरुद्द प्रहरीमा उजुरी परेपछि कार्की फरार भएका थिए । कार्कीसंगै विद्यालयमा तोडफोड घटनामा संलग्न भएका आनन्द अधिकारी धरौटीमा रिहा भैसकेका छन । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीका अनुशार अधिकारी रिहा भएपछी अब मलाई पनि केहि हुँदैन भन्ने ठानेर कार्की घर फर्किएको जस्तो लाग्यो, घर फर्किएको केहि दिन पछि साउन १० गते राति ११ बजे राति गाउँमा ट्याक्टर स्टार्ट गरेर लैजान खोज्दै गर्दा प्रहरीले समातेको हो ।

कार्की बिरुद्द पहिले नै सार्वजनिक मुद्दा दर्ता छ भने अहिले फेरी रातको समयमा मादक पदार्थ सेवन गरि होहल्ला गरेकोले उनलाई पक्राउ गरि सार्वजनिक मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडी बढाईएको प्रहरी निरीक्षक वली बताउनु भयो । कार्कीलाई म्याद थप भएर अनुशन्धान भैरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्