ओम प्रकाश बसेल, गढवा
दाङ – गढवा गाउँपालिका स्तरिय सहकारी संजालकाे अध्यक्ष, व्यवस्थापक र लेखा सुपरिबेक्षण समिति संयाेजकहरूका लागि ३ दिने सहकारी तालिम गढवामा समापन भएको छ ।
संजालका अध्यक्ष बेगम गहतराजकाे सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा बाेल्ने बक्ताहरूले सहकारीकाे दिगाे विकास तथा व्यवस्थापनमा सहकारी संजालले गरेकाे कार्यकाे उच्च प्रशंसा गरिएको थियो । पहिलाे दिन अध्यक्ष दाेस्राे दिन व्यवस्थापक र तालिमकाे अन्तिम दिन लेखा सुपरिवेक्षण समिति संयाेजकहरूलाई तालिम प्रदान गरिएको हो ।
तालिमकाे प्रशिक्षकमा संजालका अध्यक्ष बेगम गहतराज, आयाम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष ओम प्रकाश बसेल, सहकारीकर्मी फणाधर ढकाल, रम्भु चाैधरी र देव प्रकाश चाैधरी रहनु भएकाे थियाे ।गाउँपालिकाका ३२ वटा सहकारीहरूकाे तालिममा सहभागीता रहेकाे थियो ।
सहकारीमा अध्यक्ष, व्यवस्थापक र लेखा सुपरिवेक्षण समितिकाे काम कर्तव्य र अधिकार, सहकारीका खाताहरू, सहकारी व्यवस्थापनमा रहने भुमिका, काेपाेमिस, पर्लस, सम्पत्ति शुद्धीकरण लगायतका विभिन्न जानकारी दिइएकाे संजालका अध्यक्ष गहतराजले बताए । कार्यक्रम सहकारी संजाल गढवाकाे आयाेजना तथा गढवा गाँउपालिका सहकारी शाखाकाे समन्वयमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्