रोल्पामा बस दुर्घटना हुँदा ४ को मृत्यु

दाङ समाचार
दाङ समाचार २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

दाङ – रोल्पाको बाघमाराबाट दाङ आउदै गरेको ना ५ ख २६१२ नम्बरको यात्रुबस रोल्पाको त्रिवेणी – ७ टिला बजार नजिक दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन । दुर्घटनामा ५ जनाको अवस्था गम्भिर रहेको छ ।

बस रोल्पाको त्रिवेणी गाँउपालिका – ७ टिला नजिक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दिउँसो १ बजे दुर्घटनाको खबर पाए लगत्तै घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पठाइएको र स्थानीयको सहयोगमा उद्दार कार्य जारी रहेको छ ।

घाइतेहरुलाई दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भैरहेको छ । स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । प्रहरीले सामान्य घाइते भएका गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्