प्रचण्डले नेपाली राजनीतिमा विकृति फैलाए – एमाले नेता ज्ञवाली

दाङ समाचार
दाङ समाचार २४ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

दाङ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली राजनीतिमा विकृति फैलाएको आरोप लगाएका छन् । राजनीतिमा झुठ र बेइमानी प्रस्तुत गरेर राजनीतिलाई अत्यन्तै विकृत बनाएको ज्ञवालीको आरोप छ ।

बुधबार दाङको देउखुरीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमालेले दाहाललाई राम्रोसँग देशको नेतृत्व गर्नुहोला भनेर प्रधानमन्त्रीमा समर्थन गरेको तर दाहालले बेइमानी गरेर बाटो बदलेको भन्दै उनीप्रति विश्वास गर्नु नै एमालेको भुल भएको बताए ।

दाहाल कुर्सी बचाउनका लागि बाह्य शक्तिको पिछुवारे भएर लाग्दा मुलुकमा अस्थिरता पैदा भएको पनि नेता ज्ञवालीको आरोप छ ।

कांग्रेस-एमालेको वैकल्पिक सरकार बनाउनभन्दा एमाले सम्पूर्ण ध्यान २०८४ को चुनावमा बलियो शक्तिको रुपमा देशको नेतृत्व गर्नतिर केन्द्रित भएको बताएका थिए । देशमा विकृति र अराजकता निम्तिँदा पनि कांग्रेस पार्टीलाई कुनै महसुस नभएको र प्रचण्डले जे जे भन्छन त्यहि कुरालाई आधार बनाएर पछिपछि हिडेको उनको टिप्पणी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्