काङ्ग्रेस इतिहास बोकेको पार्टी हो–सहमहामन्त्री पाण्डे

दाङ समाचार
दाङ समाचार २६ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले काङ्ग्रेस जस्तो इतिहास बोकेको र वलिदान गरेको कुनै पार्टी नभएको बताए । नेपाली कांग्रेस दाङ–१ ले शुक्रबार लमहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री पाण्डेले सो कुरा बताए ।

देशमा ठुला ठुला आन्दोलनको नेतृत्व काङ्ग्रेसले गरेको र सफलता प्राप्त गरेको स्मरण गर्दै वर्तमान अवस्थामा पनि देश र जनताको हक हितको लागि पछि नहट्ने पार्टी भनेकै नेपाली कांग्रेस हो’– सहमहामन्त्री पाण्डेले भने ।

कार्यकर्ताबाट उठेको प्रश्नको जवाफ दिदै सहमहामन्त्री पाण्डेले पार्टीको आन्तरिक मनमुटावले पार्टी अगाडी बढ्न सक्दैन, एक आपसमा मन माझामाझ गर्नु पर्छ अनि मात्र व्यक्ति र पार्टीलाई फाइदा हुन्छ । निष्क्रिय रहेका पार्टीका भातृ संघसंगठनलाई चलयामान गराउन तपाईहरु कम्मर कस्नुस प्रदेश र केन्द्रमा नेतृत्व तहलाई भन्ने काम मेरो भयो’–उनले भने ।

त्यस्तै लामो समयदेखि रोक्वा गरेर राखेको राप्ती उपत्यका देउखुरी क्षेत्रका जग्गाको फुकुवा हुनु पर्ने बताए । जग्गा रोक्वा हुँदा नागरिकका दैनिकी जीवन यापनमा समेत असर परेको कुराको उलेख गर्दै प्रदेश सरकारले यो कुरामा विषेश ध्यान दिनु पर्ने सहमहामन्त्री पाण्डेको जोड छ ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं.१ ले आयोजना गरेको आन्तरिक विषेश अभियान देउखुरीको लमहीमा सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस दाङ –१ का सभापति भेषराज पाण्डेको सभापतित्व तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिब हरिहर शर्माले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्