किसानका समस्याप्रति सरकार गम्भीर बन्नु पर्छ- कांग्रेस नेता चौधरी

दाङ समाचार
दाङ समाचार २६ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले किसानका समस्याप्रति सरकार गम्भीर बन्नु पर्ने बताए । बिहिबार दाङको घोराहीमा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य चौधरीले वर्षौंदेखि मलको समस्या झेल्दै आएका किसानले समयमै मल नपाएको भन्दै किसानका समस्याप्रति सरकार गम्भीर हुनु पर्ने बताए ।

त्यसैगरी नेपाल किसान महासंघ केन्द्रीय सदस्य लिलाराम खनालले किसानका माग र समस्यालाई सरकारले वेवास्ता गरे देशैभरका किसान एकजुट भएर किसान आन्दोलन गर्ने बताए । नेपाल कृषि प्रधान देश हो तर खेतीपातीका बेला जहिले मलको अभावमा किसनले खेति गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

नेपाली काङ्ग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्य समिती दाङले आफ्नो ७२ औं स्थापना दिवसको अवशर पारेर एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो ।

कार्यक्रममा जिल्ला कार्यसमितिलाई पुर्णता दिने, सबै पालिकामा क्षेत्र, पालिका र वडा स्तरीय समिती गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी किसानका समस्यालाई समाधान हुने गरि संघले कार्ययोजना अगाडी बढाउने भएको छ ।

जिल्ला अध्यक्ष चन्द्र प्रसाद चौधरीको अध्यक्षता, काङ्ग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल किसान महासंघ केन्द्रीय सदस्य लिलाराम खनालको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण किसान महासंघका जिल्ला सचिब कालिचरण चौधरीले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्