दाङ – बंगलाचुलीमा जंगली च्याउ खाएर विरामी परेकी बालिकाको मृत्यु भएको छ । जंगली च्याउ खाँएर विरामी परेकी बंगलाचुली गाउँपालिका – ४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको उनका हजुर बुवा दिनेश नेपालीले जानकारी दिए।
उनका अनुसार अस्मितालाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछी थप उपचारका लागि बुटवल लगेकोमा उतै मृत्यु भएको हो ।
मृतक अस्मिताको आमा २७ वर्षिया ईश्वरी सुनारको पनि अवस्था गम्भिर रहेको पाईएको छ । उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसियुमा राखेर उपचार भईरहेको छ । भने उनका श्रीमान अजय सुनारको पनि सोही अस्पतालमा उपचार भईरहेको छ । #चौथोअंग

प्रतिक्रिया दिनुहोस्