दाङ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष लिएको कक्षा १२ को परिक्षामा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा अध्ययनरत २ सय ४ जना विद्यार्थी उतिर्ण भएका छन ।
जस मध्ये ए प्लस लिएर २ जना, ए ग्रेड लिएर ५७ जना, वि प्लस लिएर १०६ जना, वि ग्रेड लिएर ३७ जना, सी प्लस लिएर १ जना र सी ग्रेड लिएर १ जना गरि जम्मा २ सय ४ जना कक्षा १२ उतिर्ण गर्न सफल भएको विद्यालयका प्राचार्य लोकमान रिजालले जानकारी दिए ।
देउखुरी क्षेत्रमा रहेको निजि विद्यालयहरुमा केहि समय यता कडा प्रतिष्पर्धा हुँदै आएको छ । हरेक वर्ष गोरखा मोडेल स्कुलले उत्कृष्ट अंंक लिएर विद्यार्थी उतिर्ण गराउन सफल हुँदै आएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ । २ विषयसम्म नन ग्रेडेड भएकाहरुका लागि ग्रेडवृद्धिका लागि असोज ६ र ७ गते परीक्षा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्