मोबाइल तथा ईलेक्ट्राेनिक्स व्यवसायी संघद्वारा वृक्षारोपण

दाङ समाचार
दाङ समाचार २ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

ओम प्रकाश बसेल
दाङ – देउखुरी मोबाइल तथा ईलेक्ट्राेनिक्स व्यवसायी संघ लमहीले दाङकाे पर्यटकीय क्षेत्र कुलपानीमा वृक्षारोपण गरेको छ । साथै संघले समुहलाई फोहोर संकलनका लागि डस्टबिन प्रदान गरेकाे छ । वृक्षारोपण कार्यले कुलापानी पार्कमा साैन्दर्य बढाउनेछ पार्कमा जाने पर्यटकहरुले जथाभावी फोहोर फालेर दुर्घन्धित नगराउन भनेर डस्टबिन प्रदान गरिएकाे संघका अध्यक्ष जागेश्वर बसेलले बताउनु भयाे ।

पर्यटकीय नगरी बनाउन व्यवसायीले सक्ने सम्मकाे सहयाेग गर्ने बताउदै अध्यक्ष बसेलले देउखुरीको पर्यटकीय क्षेत्रमा माेबाईल तथा ईलेक्ट्राेनिक्स व्यवसायी संघ सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कुरालाई जोड दिनु भयो । कुलपानी पार्कमा २५ प्रजातिका बिरुवा रोपिएको संघका उपाध्यक्ष जितेन्द्र गुप्ताले जानकारी दिनु भयो । देउखुरीकै गहनाको रुपमा रहेको हरित पार्कलाई संरक्षण र प्रवर्धन गर्नु सबैको दायित्व भएको उपाध्यक्ष गुप्ताको भनाई छ ।

संघले यसअघि बृद्द आश्रममा सहयाेग गरेको, रक्तदान कार्यक्रम गरेको, विपन्न परिवारमा सहयाेग समेत गर्दै आएको संघका महासचिव राजेश कुमार गुप्ताले बताउनु भयाे । समाजिक क्षेत्रमा सबै व्यवसायी एकजुट हुनु पर्ने कुरामा जाेड दिनुभयाे । माेबाईल तथा ईलेक्ट्राेनिक्स व्यवसायी गर्ने साथिहरू एक जुट हाैं, व्यवसायको निम्ति तथ समाजसेवामा हातेमालाे गरि अगाढी बढ्नु पर्छ’- उहाँले भन्नु भयो ।

संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षता तथा कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न वृक्षारोपण तथा डस्टबिन वितरण कार्यक्रमकाे सहजीकरण महासचिव राजेश कुमार गुप्ताले गर्नु भएकाे थियाे ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्