दाङ – रुकुमको नुवाकोटबाट नेपालगञ्ज जाँदै गरेको गाडी सल्यानमा दुर्घटना भएको छ। रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी आज दिउँसो कपुरकोट गाउँपालिका–३ आगरखोलामा दुर्घटना भएको हो।
दुर्घटनास्थलमा प्रहरी, स्थानीयलगायतले उद्धार कार्य जारी राखेका छन्। गाडीमा भएका सबै घाइते भएको र केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। गाडी सडकदेखि करिब २ सय मिटर तल खसेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्