संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा श्रेष्ठ सर्वसम्मत अनुमोदन

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं -प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ। सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुईवटा र पत्रमार्फत् एउटा उजुरी परेका थिए। इमेलबाट उजुरी दिएका सम्पर्कमा नआएकाले पत्रमार्फत् उजुरी दिएका एकजना उजुरीकर्तासँग मात्रै छलफल गरेको हो।

संसदीय सुनुवाइ समितिबाट श्रेष्ठको नाम अनुमोदन भएकाले अब राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। कामु प्रधानन्यायाधीशको रूपमा श्रेष्ठले साउन २१ गतेबाट न्यायपालिकाको नेतृत्व गरिरहेका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्