दाङ – केन्द्रीय समितिको बैठक सकेर केन्द्रीय समितको बैठकका संदेश सहित नेकपा मओवादी केन्द्र पालिका हुँदै वडा स्तरमा पुग्न थालेको छ ।
केन्द्र र प्रदेश स्तरको कार्य विभाजन गरि पालिका पालिकामा केन्दीय सदस्य पुग्ने, घरघरमा माओवादी जनतासंग माओवादी कार्यक्रम लिएर माओवादीले कार्यक्रमलाई तल्लो तहसम्म पुग्न थालेको छ । यसरी कार्य विभाजन गरी केन्द्रीय सदस्य अनिवार्य एउटा वडामा पुग्ने गरि काम थालेको हो ।
भदौ १४ गते भित्र वडा समितिको बैठक बस्ने र वडाबाट जिम्मेवारी वाँडफाँड गरी घरघरमा जाने गरी कार्यक्रम तय गरेको माओवादीले नेताहरुको यस भन्दा पहिलेको कार्य क्षेत्र समेत परिवर्तन गरि नेता कार्यकर्तालाई फरक फरक भुगोलमा खटाएको छ ।
केन्द्रीय समितिको निर्देशन बमोजिम नेकपा माओवादी केन्द्र दाङले पनि पालिका स्तरको विस्तारति बैठक थालेको छ । दाङको घोराही उप महानागरपालिकाबाट शुरु भएको बैठक कार्यकर्ताको गुनासो, समस्या र आलोचना सुन्ने केन्द्रको नेतृत्वको भावलाई केन्द्रीय समीति र प्रदेश समितिका नेताहरुबाट स्पष्ट पार्ने योजना अनुसार बैडकहरु भइरहेका हुन ।
बैठकमा कार्यकर्ताले सरकारले थालेको भ्रष्टाचार नियन्त्रणको अभियानमा कसैलाई छाड्न नहुने बताए । नेकपा माओवादीका केन्द्र जिल्ला समन्वय समितिका सदस्य ओमप्रकाश सुवेदीले भष्ट्राचार नियन्त्रणको अभियान माओवादी पार्टीबाटै शुरुवात गर्न नेतृत्वलाई आग्रह गरे ।
उनले भने,‘अहिले बर्तमान सरकारको काम र शुसासन कायम राख्न देखाएको सक्रियताले सबै उत्साहित भएको बेला कसैलाई छाड्न हुँदैन, हाम्रा नेता परेपनि रोकिनु हुदैन,पार्टीलाई सच्चाउन पनि यो अभियान सहयोगी बन्नेछ ।’
यस्तै लमही नगरपालिका – ५ का वडा स्तरका कार्यकर्ता कृष्ण चौधरीले सरकारले गरेका सकरात्मक कामको बारेमा आफुहरु खुलेरै जनताको घरघरमा जाने र पार्टीलाई आवश्यक सुझाव संकलन गरी नेतृत्वलाई दिने बताए ।
नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य जयपुरी घर्तिले पार्टिको केन्द्रीय समितिको बैठकमा पार्टीलाई बलियो बनाउन पार्टी जनतासंग जानुपर्ने निर्णय भएकाले कार्यकर्तालाई जनसेवामा लाग्नेगरी घरघरमा जान निर्देशन दिए।
उनले भने,‘ अब पार्टी बनाउने तपाइहरुले हो माथि नेतृत्वले असल काम गर्ने तल कार्यकर्ताले प्रचार गर्दै जनतासंगै रहने कुराले हामीलाई बलियो बनाउँछ तपाइहरु माओवादीका एजेन्डा लिएर घरघरमा जानुस ।’
नेकपा माओावादी केन्द्र लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारीले माओवादीको आधार इलाका लुम्बिनी प्रदेश पार्टि पहिलेको तुलनामा कमजोर बनेको स्विकार्दै नेतृत्व देखि कार्यकर्तामा परिवर्तन आउन जरुरी रहेको बताए । उनले भने,‘जताको साथ भएमा बर्तमान सरकारले सजलै भ्रष्टाचार नियन्त्रणमा थालेको प्रयास सफल हुन्छ, त्यसको लागि जनतालाई माओवादीको एजेण्डा पुन स्मरण गराउँदै जान आवश्यक छ ।’
नेकपा माओवादी केन्द्रले वर्तमान पार्टी सदस्यलाई दोब्बर बनाउने अभियानमा लागेको दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए। उनले भने,‘ हामी पार्टी सदस्य थप्ने र दाङमा पहिलो पार्टी बनाउने उदेश्यका साथ लागेका छौ,अबको तीन महिनामा तपाई हाम्रा काम जनसेवा र जन भेटघाटमा व्यस्त हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्