पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

दाङ समाचार
दाङ समाचार १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ– नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्