तेल मिलमा आगलागी, डेढ करोड बढीको क्षति

दाङ समाचार
दाङ समाचार १६ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

दाङ – तुलसीपुर उपमहानगरपालिका –६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ । शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।

आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

उनले आगलागीबाट दुईतले पक्की भवनमा पूर्णरूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेल मिलमा पनि क्षति पुगेको बताए । उनका अनुसार आगलागीबाट डेढ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । विद्युत् सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्