स्रोत नखुलेको २० लाख सहित एक जना पक्राउ

दाङ समाचार
दाङ समाचार २२ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए ।

उनलाई शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट गोप्य सूचनमको आधारमा रकमसहित नियन्त्रणमा लिएको हो ।

उनले आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको एसपी खड्काले बताए ।

बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्