लुम्बिनी प्रदेश सरकारले अत्तवारी पर्वको अवसरमा भदौ ३१ गते सार्वजनिक बिदा दिने

दाङ समाचार
दाङ समाचार २८ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अत्तवारीको अवसरमा भदौ ३१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

लुम्बिनी प्रदेश सरकारको २०७९ चैत १७ को निर्णय अनुसार लुम्बिनी प्रदेश क्षेत्रमा थारु समुदायहरूको चाडको अवसरमा दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा बिदा दिइने लागेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले विज्ञप्ति जारी गर्दै ‘भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ, भनेर जानकारी दिएको छ।

प्रदेश सरकारका अधिकृत माधव शर्माले आज एक विज्ञप्तिमा जारी गरि जानकारी दिनुभयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्