दाङ – विश्व बैंकको आर्थिक सहयोगमा शहरी विकास तथा पूर्वाधार आयोजना अन्तर्गत लमही नगरपालिकामा संचालन भैरहेका आयोजनाहरुको स्थलगत अवलोकन गरिएको छ । साथै योजनाका बारेमा छलफल पनि भएको छ ।
लमही नगरपालिका-५ मा रहेको जैविक विविधता ग्रिनपार्कभित्र नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तरगत केहि योजनाका कामहरु भएका छन् । जस अन्तर्गत पुष्प बगैँचा, ढुंगे बगैँचा र बाटो स्तरउन्नती तथा पार्क निर्माणको काम सम्पन्न भएको छ ।
अवलोकनमा आएको टोलीले सबै योजनाको काम राम्रो भएको प्रतिक्रिया दिएका छन । खासगरी यो कार्यक्रम कोभिड १९ को कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी दिने उद्देश्यले २०७७ देखि २०८० सम्म गरि तीन वर्षको लागि संचालन भएको थियो ।
कार्यक्रमबाट धेरै मानिसले रोजगारी पाएका र प्रत्येक वडाहरुमा काम राम्रो भएको प्रतिक्रियाको आधारमा आगामी दिनमा पनि कार्यक्रम थप हुने अनुगमनमा आएको टोलीले बताएको लमही नगरपालिका योजना शाखाकी सुनिता पोख्रेलले बताउनु भयो । दाताहरुको मन जित्ने गरि काम गरेका छौं, र पुनः वजेट हाल्दिनका लागि माग पनि गरेका छौं”- पोख्रेलले भन्नु भयो ।
अनुगमन कार्यक्रममा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख नगर प्रमुख लक्ष्मी योगी, विश्व बैंकका डिडिजी नारायण प्रसाद भण्डारी, प्रयाक्टिस म्यानेजर आवेद, टिटिएलका आबेबाउ, विश्व बैंकका मिलन कार्की लगायतको उपस्थितमा योजनाको अनुगमन गरिएको हो ।
छलफलमा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, ९ वटै वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्