माओवादी नेता वीरेन्द्र चौधरी पक्राउ

दाङ समाचार
दाङ समाचार ५ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । साविक जिल्ला दाङ गंगा परस्पुर–२ हाल गढवा गाउँपालिका– ४ बस्ने ३९ वर्षिय विरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए ।

सर्वोच्च अदालत काठमाडौबाट २०७९ साल माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष ८ महिना २२ दिन कैद सजाय फैसला सुनाएको थियो । उनलाई गढवा गाँउपालिका–४ स्थित लुकिछिपि रहेको अवस्थामा पक्राउ गरी बिहीबार दाङ जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ । उनि नेकपा माओवादी केन्द्रका नेता समेत हुन।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्