राप्ती फिड इण्डष्ट्रीजद्वारा आर्थिक सहयोग

दाङ समाचार
दाङ समाचार ९ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका -८ सतबरियामा रहेको राप्ती फिड इण्डष्ट्रीजमा कार्यरत बिनोद वलीको परिवारलाई कम्पनीले आर्थिक सहयोग गरेको छ ।

मृतक वलीको परिवारलाई कम्पनीले नगद १ लाख रुपैयाँ र कम्पनीका अन्य कर्मचारीबाट संकलन भएको ३० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको अध्यक्ष लिलाराम खनालले जानकारी दिनु भयो ।

विश्वकर्मा पुजाको दिन मृतक वलीको छोरी कृतिका वली सहित वलीको श्रीमतीलाई कम्पनीमै बोलाएर आर्थिक सहयोग गरिएको अध्यक्ष खनालको भनाई छ ।

आर्थिक अवस्था कम्जोर भएको कारण मृतकको तीन वर्षिया छोरीलाई पठन पाठनमा सहज होस भन्ने उदेश्यले आर्थिक सहयोग प्रदान गरिएको हो । परिवार पाल्ने मान्छे नै नरहेपछी वली परिवारमा ठूलो बज्रपात परेको छ । कम्पनी र कम्पनीमा कार्यरत कर्मचारीहरुले गरेको सहयोगले थोरै भएपनी राहत हुने कम्पनीले जनाएको छ ।

गत असार ३ गते मौरी काट्ने क्रममा उनको रुखबाट खसेर मृत्यु भएको थियो । वली विगत तीन वर्षदेखि सोही कम्पनीको अपरेटर पदमा काम गर्दै आएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्