लमहीमा गुरुकुल एकेडेमीको भवन शिलान्यास

दाङ समाचार
दाङ समाचार १२ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

दाङ – गुरुकुल एकेडेमी दाङले लमहीबाट पनि सेवा दिने भएको छ । लमही नगरपालिका -६ देउपुरमा रहेको गोरखनाथ सिद्धरत्ननाथ मन्दिर चौघेरा गुठीको एक विगाह पाँच कठ्ठा जग्गालाई दश वर्षका लागि भाडामा लिएर गुरुकुल एकेडेमी लमही शाखा खुल्ने भएको हो । बिहिबार एक कार्यक्रमका बिच भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।

आगामी शैक्षिक सत्र २०८१ देखि प्लेग्रुप देखि कक्षा ९ सम्म पढाई हुने गरि गुरुकुल एकेडेमीको नयाँ शाखा खुल्न लागेको लमहीका संचालक शेयर सदस्य कमलजंग सिंह ठकुरीले जानकारी दिनु भयो ।

May be an image of 6 people, temple, dais and text that says 'गुरुकुल एकेडेमी, लमही ©+원님 भवन शिलान्यास कार्यक्रम २०૮૦ A ='

गुूरुकुल ऐकेडेमी घोराहीका अध्यक्ष अनन्तराज घिमिर र सिद्धरत्ननाथ मन्दिर चौघेराका पुर्व मठाधिश सुरतनाथ योगीले शिलान्यास गर्नु भएको छ । भवन शिलान्यास कार्यक्रममा बोल्दै सिद्धरत्ननाथ मन्दीरका पुर्ब मठाधिश सुरतनाथ योगीले देवभुमिलाई विद्या आर्जनको थलोको रुपमा प्रयोग गर्न दिएकोले विद्यालयको पढाई पनि सोही अनुसारको हुनुपर्ने बताउनु भयो।

नाम अनुसारको काम हुनुपर्छ, नाम एकातिर काम अर्कोतिर हुने वातावरण नबनोस, यहाँ स्थापना भएर संचालन हुने विद्यालयबाट छात्रछात्राले वेद, नैतिक शिक्षा र कर्मकान्ड जस्ता विषयलाई पनि संगै समेटेर पठन पाठन गर्न सक्ने खालको हुनु पर्छ’- उहाँले भन्नु भयो ।

गुरुकुल एकेडेमी घोराहीका प्राचार्य डाक्टर कृष्णराज डिसीले विद्या भन्दा ठुलो सम्पती र शक्ति अरु केही नभएकोले विद्यालाई समय सापेक्ष, र स्वदेशमै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नयाँ योजनाका साथ अघि बढेको बताउनु भयो ।

गुरुकुल एकेडेमीले सस्कार, संस्कृति, अनुशासन र जीवन जिउने कला सिकाउने खालको शिक्षा प्रदान गर्ने गरि फरक सोचका साथ विद्यालय खोल्न लागिएको विद्यालयका अध्यक्ष अननतराज घिमिरेले बताउनु भयो । साथै विद्वान व्यक्तिहरुको अनुभव र शिक्षालाई जोडेर गुरुकुलको जन्म भएको बताउनु भयो । विद्यालयले गुठिलाई वार्षिक ७० हजार रुपैया भाडा तिर्ने गरि सम्झौता भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्