लमहीमा कृषि उपज केन्द्रको शिलान्यास

दाङ समाचार
दाङ समाचार ३ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – लमहीमा कृषि उपज संकलन केन्द्र तथा चिस्यान केन्द्रको शिलान्यास भएको छ । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री डाक्टर बेदुराम भुसालले गर्नु भएको हो ।

No description available.

पुर्व शहरी विकास मन्त्री मेटमणी चौधरीले कृषि उपज संकलन तथा चिस्यान केन्द्रले किसानका समस्यामा कमि आउने बिश्वास व्यक्त गर्नु भयो । कृषि तथा पशु पंक्षी विकास मन्त्री डाक्टर बेदुराम भुसालले किसानद्वारा उत्पादित कृषि उपजलाई बजारीकरण गर्ने योजना अन्तर्गत सरकारले कृषि उपज संकलन केन्द्र तथा चिस्यान केन्द्र निर्माण गर्ने लक्ष्य लिएको बताउनु भयो ।

No description available.

त्यसैगरी बाझो जमिन उपयोग गर्ने सरकार नीति ल्याएको भन्दै त्यस्ता खाले जमिनलाई पनि सदुपयोग गर्न सबैभन्दा किसानलाई आग्रह गर्नु भएको छ । संघीय सरकारले रासायनिक मल नेपाल ल्याई दिने र पालिकाहरुको आवश्यकताका आधारमा किसानलाई मल उपलब्ध गराउनु पर्ने मन्त्री भुसालको भनाई छ ।

लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षता तथा संघीय सरकारका कृषि मन्त्री डाक्टर बेदुराम भुसालको प्रमुख आतिथ्यतामा शिलान्यास भएको हो । लमही नगरपालिका- ५ का वडाअध्यक्ष ओम प्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापाले गर्नु भएको थियो ।

No description available.

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्