कुलोमा डुबेर देउखुरीमा १ पुरूषको मृत्यु

दाङ समाचार
दाङ समाचार ११ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

दाङ– देउखुरीमा १ जना पुरूषको कुलोमा डुबेर मृत्यु भएको छ । राप्ती गाउँपालिका – ७ अर्नहनपुर स्थित जोकही कुलोमा खसेर सोही वडाको छोट्की सिसहनियाँ निवासी वर्ष ४१ का पृथ्वी चाैधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

रामघाट मेला हेरेर घर फर्किने क्रममा कुलोमा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयले प्रहरीलाई आज विहान ६:३० बजे जानकारी गराएपछि शवलाई कुलोबाट निकालेर पोष्टमार्टमका लागि लमही अस्पताल पठाएको प्रहरीले बताएको छ । ती पुरूषले मादक पदार्थ सेवन गरेर हिडेका बेला कुलोमा खसेको हुन सक्ने प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्