दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले घरको भान्सा कोठामा मात्र सिमित भएका महिलाहरुलाई अब घर बाहिरका अन्य कामको नेतृत्व लिन सक्ने गरि अगाडी बढ्न आग्रह गर्नु भएको छ । लमही नगरपालिका-८ भौकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत ८ दिने उद्यमशिलता तालिमको उद्घाटन गर्दै उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो ।
नेपाल लगायत अन्य छिमेकी मुलुकका महिलाहरुले देशको नेतृत्व गरेको उदाहरण दिंदै उहाँले तपाई हामी किन घरको काममा मात्र अल्झिने ? भन्दै प्रश्न गर्नु भएको थियो । बेरोजगार भएर बसेका महिलाहरुको क्षमता विकासका लागि राज्यले थुप्रै सीपयुक्त कार्यक्रम ल्याई रहेकोले ति अवसरको भरपुर फाईदा लिन पनि महिलाहरुलाई उपप्रमुख योगीले अनुरोध गर्नु भएको छ ।
लमही नगरपालिका अन्तर्गत रहेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत ८ दिने उद्यमशिलता तालिम हिज देखि लमही नगरपालिका – ८ भौकामा शुरु भएको छ । तालिमको उद्घाटन लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्