दाङ– लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले थारु समुदायको महान् चाड माघी पर्वका अवसरमा सम्पूर्ण नगरबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
थारु समुदाय सहित अन्य समुदायले समेत माघे संक्रान्ति पर्वलाई विशेष हर्ष र उल्लासका साथ मनाउने भएकाले यसको महत्व झनै बढेर गएको बताउँदै अझै पनि कोरोना संक्रमणको जोखिम अझै रहेकोले विशेष सावधानी र सजगताका साथ मनाउन नगर प्रमुख उपप्रमुखले सबैलाई आग्रह गर्नुभएको छ ।
‘प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा भिन्न भिन्न ढंगले मनाउने प्रचलन समेत रहेको छ । जसले आपसी भाइचारा र सम्बन्धलाई झनै बलियो बनाउँदै लगेको छ ।’ जारी शुभकामना संदेशमा भनिएको छ ।
यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै नगर प्रमुख /उपप्रमुखले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर माघी पर्व मनाउन नगरबासीलाई आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्