गीतकार तथा सर्जक तिलक रामदामको ‘काँचो पात’ बोलको गीत सार्वजनिक

दाङ समाचार
दाङ समाचार ६ माघ २०८०, शनिबार
1 Min Read
Aa

दाङ – गीतकार तथा सर्जक तिलक रामदामको ‘काँचो पात’ बोलको गीत सार्वजनिक भएको छ । मायालुका लागि मुटु झिकेर दिन सक्ने भावको गीत लिएर आएका छन् तिकल रामदाम । ‘काचो पात’ बोलको गीतमा उनले मायामा परेका प्रेम जोडीको वार्तालापलाई गीति शैलिमा प्रस्तुत गरेका छन् ।

तिलक सहित बिष्णु परियार र जय देवकोटाक स्वर रहेको गीतमा सागर लामाको संगीत र राजन बाबू पन्तको शब्द रहेको छ । संगीत संयोजन भने हेमन्त कान्छा रसाईलीले गरेका छन् ।

शेर साउदले निर्देशन गरेको गीतको भिडियोमा तिलक र जुना कार्कीको अभिनय रहेको छ । मुकेश हुमागाईँले खिचेको भिडियो बिनोद बमले रंग सम्योजन र सम्पादन गरेका हुन् ।

बाँकी गीतको भिडियोबाट हेर्नुस

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्