रिहार बस दुर्घटनामा ज्यान गुमाउने दुबै जना बर्दियाका

दाङ समाचार
दाङ समाचार ८ माघ २०८०, सोमबार
1 Min Read
Aa

दाङ – बस दुर्घटना हुँदा देउखुरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बर्दिया गेरुवा गाउँपालिका-१ बस्ने वर्ष ३६ का भीमनाथ योगी र मधुवन नगरपालिका -२ अमरपुर गाउँ बस्ने अन्दाजी ३२ वर्षिय युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

बर्दिया देखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका -९ रिहार नजिकै गएराती १२ बजे दुर्घटना भएको थियो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन भने चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बस के कारण दुर्घटना भयो भन्ने कुराको एकिन भैनसकेको प्रहरीको भनाई छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्