दाङ – लमही महोत्सव आज लोक तथा दोहोरी गायक कुलेंद्र विश्वकर्माको प्रस्तुति रहने छ । गायक विश्वकर्मासंगै रिता केसी, राजेश बर्देवाको पनि प्रस्तुति रहने मेला आयोजक समितिले जानकारी दिएको छ । त्यसैगरी नायिका प्रभा राई, मोडेल वविता बोहोरा, टिका जैशी, सुस्मिता कोइरालाको पनि बबाल डान्स रहने भएको छ । महोत्सवमा सगरमाथा डान्स ग्रुप को नृत्य रहने छ।
त्यसैगरी महोत्सवमा दिपक खड्का, अनुप बुढा मगर, दिपक बर्माले कार्यक्रम उद्घोषण गर्ने भएका छन् । त्यस्तै भोलि बिहिबार चर्चित गायिका एलिना चौहान आउने भएकी छन् । महोत्सवको सातौ दिन प्रमुख आकर्षणको रुपमा चर्तित गायिक ऐलीना चौहान, मोडेल बिजय पुन, अस्मिता रनपाल, सगररमाथा ग्रुप लगायत स्थानिय कलाकाहरुको प्रस्तुती रहने आयोजकले जनाएकोछ । माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, भइरहेको कलाकार संयोजक शिवु खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्