दाङ – लमहीमा जारी दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सवको आज १२ औं दिन लोक दोहोरी गायक चोलेन्द्र पौडेलले दर्शकहरुलाई छमछमी नचाउनु भयो ।
जब माइक समातेर गीत गाउँन थाल्नु भयो तब महोत्सवको माहोल नै तातियो । युवा युवतीबाट हुटिङ र तालिको बर्षा भयो ।
‘हुन्छ भने हुन्छ भन, चड्यो चड्यो जवानी, पानी मुनि मुनि, काली मन पर्छ, जाम झोला बोकेर, अबत मै सानू रैन, पन्चेबाजा, सालैजो जस्ता गीतले लमही महोत्सवलाई रौनकता प्रदान गराउनु भयो ।
करिब पौने घण्टा स्टेज सम्हालेका गायक पौडेलले अबत म सानू रैन बोलको गीत गाउँदा स्थानीय स्तरका नेताहरु ढल्की ढल्की नाचेका थिए ।

प्रतिक्रिया दिनुहोस्