कांग्रेस नेता निधि भोलि शनिबार लमही आउंदै

दाङ समाचार
दाङ समाचार १९ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भोलि शनिबार दाङको लमही आउंदै हुनुहुन्छ । नेपाली कांग्रेसले संचालन गरेको समुदायमा कांग्रेस अभियानलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता निधि भोलि दाङको लमही आउन लागेको नेपाली कांग्रेस दाङ-१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो । भोलि शनिबार बिहान १ बजे लमही नगरपालिकाको सभा हलमा उपस्थित हुन् सबै नेता कार्यकर्तालाई सभापति पाण्डेले आग्रह गर्नु भएको छ ।

नेपाली कांग्रेसले संचालन गरेको समुदायमा कांग्रेस अभियानका प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छन । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्लाका फरक–फरक समुदायको बीचमा पुगेर संवाद गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको हो।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारी सहभागी हुनेछन्। उनीहरू सहिद दिवसका दिनदेखि २६ माघ सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछन्।

नेता निधिलाई नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत पार्टीले निधिलाई लुम्बिनी प्रदेशका दाङ लगायत रुपन्देही, अर्घाखाँची, पाल्पा, बाँके र रोल्पामा खटाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्