एमाले महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना

दाङ समाचार
दाङ समाचार २८ माघ २०८०, आईतवार
1 Min Read
Aa

दाङ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सवार स्कोरपियो दुर्घटना भएको छ । महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।

एमालेका उपमहासचिव विष्णु रिमालले जिप दुर्घटनाको फोटो सार्वजनिक गर्दै ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल रहेको बताइएको छ । महासचिव पोखरेल जिल्ला अधिवेशनमा सहभागी हुन सुर्खेतबाट दैलेख जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्