दाङ – राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयको तर्फबाट “हामीलाई पनि समावेश गर” परियोजना अन्तरगत राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कर्मचारीसंग लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले छलफल गर्नु भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयको तर्फबाट पालिका भित्र रहेका सरकारी तथा सार्वजनिक भौतिक संरचना पहुँचयुक्त बनाउने, समन्वय समितिलाई सक्रिय बनाउने, अपाङ्ग व्यक्तिहरुको सहायक सामाग्रीका बारेमा बजेट विनियोजन गराउने, विद्यालयमा छात्रवृत्ति, यातायातमा छुट लगायतका विषयमा छलफल नगरपालिकाले चासो राखिदिनु पर्ने धारणा राख्नु भएको थियो ।
सो क्रममा कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयको तर्फबाट अपेक्षा गरिएका विषयमा लमही नगरपालिका सकारात्मक रहेको बताउनु भयो । अपाङ्ग मैत्री सेवाका लागि आफु दत्तचित्त भएर लाग्ने जानकारी गराउनु भएको छ ।
वरिष्ठ संयोजक विमल बस्नेत, लुम्बिनी प्रदेश व्यवस्थापक धिरेन्द्र विक, प्रदेश वकालत अधिकृत सरोजा भण्डारी, प्रदेश परियोजना अधिकृत शिव घर्ती मगर, लेखापाल महानन्द प्रसाद पोख्रेल लगायतले कार्यबाहक नगर प्रमुख योगीसंग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्