दाङ– लमही नगरपालिकामा आजबाट १६ हजार ३ सय तीस जना बालबालिकालाई दादुरा रुबेला विरुद्धकाे खोप लगाईने भएको छ । जस अनुशार आजबाट खोप अभियान सुरु भएको छ ।
जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई साे खोप लगाउन सुरु गरिएको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद शर्माले जानकारी दिनुभयाे ।
यस वर्ष नगरपालिकाले विभिन्न वडामा रहेका स्वास्थ्य संस्था ,सामुदायिक र संस्थागत विद्यालय गरि ५३ वटा खाेप केन्द्र निर्धारण गरि अभियान सञ्चालन गरेको शाखा प्रमुख शर्माले जानकारी दिनुभयाे । खाेप अभियान फागुन १३ गते अर्थात आज देखि फागुन २२ गते सम्म सञ्चालन हुने बताइएको छ।
यसैबीच लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले संयुक्तरूपमा स्वास्थ्यकर्मीहरुलाई कुनै पनि बालबालिका यो सेवाबाट बन्चित नहुने गरि सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
उहाँहरुले जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरु काेही पनि नछुट्ने गरि अनिवार्य खाेप लगाई आफ्नो बालबालिकाहरुलाई निराेगी बनाई अभियानलाई सफल पार्न सम्पूर्ण पालिकाबासीहरुलाई आग्रह समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्