तेस्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता सुरु

दाङ समाचार
दाङ समाचार २१ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

दाङ– घोराहीमा तेस्रोे खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले भलिबल खेलकुदको विकासका लागि दाङ कांग्रेसले थालनी गरेको प्रयास स्रहानिय भएको भन्दै प्रतियोगितालेसमग्र खेलकुद क्षेत्रको विकासका लागि भूमिका खेल्ने बताउनुभयो ।

स्वास्थ्यसँगै अनुसाशनका दृष्टिले महत्वपूर्ण खेलकुदबाट राजनीतिमा लागेका नेताहरुले सहयोग र समन्वय सिक्न सके राजनीतिक रुपमा सफल भइने बताउनुभयो । साथै मुख्यमन्त्री चौधरीले विकासप्रेमी नेताका रुपमा रहनुभएका खुमबहादुर खड्काको स्मृतिमा भएको प्रतियोगितालाई अझै व्यवस्थित बनाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यवाट सुरु भएको प्रतियोगिताका बारेमा संयोजक राजु आचार्यले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव बालिका लम्सालले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्