दाङ–पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको अर्जुनखोला पुलमा चार वटा सवारी साधन एकैपटक ठोक्किदा ७ जना घाईते भएका छन् । एकै स्थानमा स्कारपियो, अटो रिक्सा, मोटरसाइकल र स्कुटर ठोक्किएका हुन ।
महेन्द्रनगरबाट काठमाण्डौं तर्फ जादै गरेको प्र.३–०१०२२ च १७५७ नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउदै गरेको रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडी रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ को स्कुटी समेत ठक्कर खाएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले चार वटै सवारी साधन र स्कारपियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ बर्षिय दिनेशमान तामाङलाई पक्राउ गरेको छ ।
दुर्घटनामा स्कुटी चालक लमही न.पा.७ हसनापुर बस्ने बर्ष २१ को बिश्व खड्का, मोटरसाइकल चालक राजपुर गाँउपालिका–३ निवासी २२ वर्षिय दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा–६ निवासी १९ बर्षिय मनिष सार्की, अटो चालक लमही नगरपालिका–७ कमानपुर निवासी ३५ बर्षिय बिष्णु बहादुर थापा, अटोमा सवार सोही ठाउँ निवासी ५५ बर्षिय हरी पुन, यस्तै अटोमा सवार भारत उत्तर प्रदेश बिहार जिल्ला खगरीया निवासी ४० बर्षिय पंकज सिंह र अटोमा सवार भारत उत्तर प्रदेश रामपुर निवासी ५० बर्षिय कश्मिर सिह घाईते हुनु भएको छ ।
दुर्घटनामा परेर गम्भिर घाइते भएका स्कुटी चालक विश्व खड्का र अटो चालक बिष्णुबहादुर थापा लाई थप उपचारको लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । दुवै जनाको टाउँकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । बाँकी घाईतेको लमही अस्पतालमा उपचार भइरहेको छ । तिब्रगतीका कारण स्कारपियो र अटो रिक्सा एक आपसमा ठक्कर खान पुगेका, अटोको पछाडी रहेका मोटरसाइकल र स्कुटर पनि अनियन्त्रित हँुदा ठोक्किन पुगि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्