पत्रकारले निष्पक्ष भएर कलम चलाउनु पर्छ – उपप्रमुख योगी

दाङ समाचार
दाङ समाचार १० चैत्र २०८०, शनिबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले निष्पक्ष भएर कलम चलाउनु पर्ने बताउनु भयो । शनिबार लमही नगरपालिका-८ स्थित रहेको टेङ्नैया बाबा मन्दिर परिसरमा देउखुरी केन्द्रित पत्रकार समूहले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर उपप्रमुख योगीले लमही नगरपालिका मात्र नभएर समग्र दाङ जिल्लालाई चिनाउन सक्ने धार्मिक तथा पर्यटन स्थलहरु धेरै छन्, त्यस्ता क्षेत्रलाई प्रवर्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके आर्थिक रुपले बलियो बन्न सकिने उहाँको भनाई छ ।

त्यसैगरी टेङ्नैया बाबा धार्मिक विकास समितिका अध्यक्ष दिक्पाल योगीले प्रचारप्रसारका कारण टेङ्नैया बाबा गुफा ओझेलमा परेको बताउनु भयो । साथै टेङ्नैया बाबा धार्मिक विकासको विकासका लागि स्थानीय सरकारले पनि चासो दिनु पर्ने बताउ भएको छ । वडादेखि पालिका सम्मले गम्भीर रुपले ध्यान दिनु पर्ने भन्दै ध्यानकर्षण गराउनु भएको छ । राजमार्ग देखि टेङ्नैया बाबाको गुफासम्म जाने सडक बाटोको स्तर उन्नति गर्ने तर्फ पहल गर्दिन लमही नगरपालिकालाई आग्रह गर्नु भएको छ । सडक बाटो राम्रो भयो भने यहाँ सम्म आउने जाने श्रद्दालु भक्तजनलाई सहज हुने छ र विस्तारै यहाँको विकासले गति लिने छ भन्ने विश्वास छ’- अध्यक्ष योगीले भन्नु भयो ।

नेपाल पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमिरेले पत्रकार, पत्रकारीता, व्यक्ति तथा समुदायकाे विचमा सामाजिक उत्तरदायित्व पुरा गर्न सहकार्य जरुरी रहेको बताउनु भयो । पत्रकार पनि यहि समाजकाे प्रतिनिधि भएकाले यहाँ हुने राम्रा तथा नराम्रा प्रवृत्तिलाई नजिकबाट नियालिरहने भएकाले उसले गर्ने खबरदारीकाे पर्खाइ समुदायले गर्ने , जिम्मेवार भएर कलम चलाउनुपर्ने जिम्मेवारी पत्रकारकाे भएको बताउनु भयाे ।

धार्मिक विश्वासले भरिपूर्ण रहेको टेङ्नैया बाबा गुफाको प्रचारप्रसार गर्ने उदेश्यले देउखुरी केन्द्रित पत्रकार समूहले त्यहाँ कार्यक्रमको आयोजना गरिएको थियो । टेङ्नैया बाबा गुफा आफैमा एक धार्मिक विश्वास बोकेको धार्मिक स्थल हो । पूर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फको चुरेको काखमा रहेको छ ।

देउखुरी क्षेत्रका जेष्ठ पत्रकार राधेश्याम गुप्ताको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार लिला शाहले स्वागत मन्तव्य राख्नु भएको थियो । लमही नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृती गजमेरले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने पत्रकार दिवाकर पोखरेले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, कलाकार, सुरक्षाकर्मी समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्