उपनिर्वाचन : कांग्रेसले बझाङमा सिंह र इलाम–२ मा खड्कालाई उम्मेदवार बनाउंदै

दाङ समाचार
दाङ समाचार २२ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बिहान सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

उम्मेदवारको औपचारिक निर्णय भने आज दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकबाट हुने कांग्रेसले जनाएको छ । सिंह कांग्रेस दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन्। सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्री रहेका सिंहको गत असार पाँच गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । त्यस्तै नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यमा इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने लगभग पक्का भएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्