दाङ – नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री शशांक काेइरालाले वर्तमान सरकारकाे दिनगन्ती सुरु भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन दाङले आइतबार लमहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता काेइरालाले वर्तमान सरकारकाे आयु लामाे नरहेकाे दावी गर्नु भयो ।
‘याे अस्थिर सरकार हाे। यसकाे आयु लामाे छैन,’ उहाँले भन्नु भयो, ‘याे सरकारले समृद्धिकाे आकांक्षा पूरा गर्न सक्दैन।’ कांग्रेसलाई धाेका दिएर नेकपा माओवादी केन्द्रले किन गठबन्धन ताेड्याे भन्ने बारेमा अझै स्पष्ट नभएको भनाइ नेता काेइरालाकाे छ। ‘किन माओवादीले गठबन्धन ताेड्याे स्पष्ट भएको छैन,’ उहाँले भन्नु भयो, ‘एमाले-माओवादी सरकारकाे आयु लामाे छैन। यही देख्छु।’
पत्रकारले साेधेकाे प्रश्नकाे जवाफ दिँदै नेता काेइरालाले कांग्रेस-एमालेकाे नयाँ सरकार बनाेस् भन्ने सबैकाे चाहना भएकाले साेहीअनुसार सहकार्यकाे सम्भावना बढेर गएकाे पनि बताउनु भयो ।
‘मुलुकलाई स्थायित्व दिन कांग्रेस, एमालेकाे सरकार बन्न जरुरी छ,’ उहाँले भन्नु भयो, ‘चुनावमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन। तर, सरकारमा सहकार्य भने हुनसक्छ।’
नेपाल प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री शशांक काेइरालको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियनका जिल्ला सदस्य प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्