दाङ – गुरुकुल एकेडेमी लमहीले आज बिहिवार पत्रकार सम्मेलन गरेको छ ।
गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा गुरुकुल असल मान्छे बनाउने कारखाना भएको बताउनु भयो । वर्तमान समयले माग गरे अनुशार विद्यार्थी उत्पादन गर्ने, संस्कार सहितको शिक्षा प्रदान गर्नेमा आफुहरु कटिबद्ध भएको उहाँको भनाई छ ।
गुरुकुल एकेडेमी लाई कसरी उत्कृष्ट गराउन सकिन्छ, भर्नामै गुरुकुलले धेरै शुल्क लिएर भर्ना गरिरहेको छ भन्ने अनर्गल प्रचारप्रसारलाई चिरफार गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले जानकारी दिनु भयो ।
एकेडेमीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाको अध्यक्षता तथा एकेडेमीका अध्यक्ष मुकुन्द तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनको सहजीकरण शिक्षक सुमन भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्