प्रधानमन्त्री प्रचण्ड पदमुक्त, ढल्यो सरकार

दाङ समाचार
दाङ समाचार २९ असार २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – १८ महिनामा प्रतिनिधिसभामा पाँचौ पटक विश्वासको मतको सामना गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार ढलेको छ। पाँचौ पटक शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत परीक्षणमा असफल हुँदै दाहाल सरकार ढलेको हो।

मत विभाजनमा संसद्मा उपस्थित २५८ सांसदमध्ये प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतको पक्षमा जम्मा ६३ मत मात्रै खस्यो। विपक्षमा १९४ मत आयो। यस्तै एक मत तटस्थ बस्यो।

नेपाली कांग्रेससँगको सहमति पछि नेकपा एमालले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा २ बमोजिम शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत मागेका थिए। जसमा असफल हुँदै दाहाल सरकार ढलेको हो।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले यसअघि ०७९ पुस २६ गते, सोही वर्ष चैत ६ गते, ०८० फागुन ३० गते, ०८१ जेठ ७ गते र ०८१ असार २८ गते विश्वासको मत लिएका थिए। जसमा सबै प्रयासमा उनी सफल हुँदै सरकार जोगाउन सफल भएका थिए।

प्रधानमन्त्री दाहालले विश्वासको मत गुमाएसँग नयाँ सरकारको बाटो खुलेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्