दाङ – घोराहीमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने नजिक ज्यामिरे दह जानेबाटो बिचमा प्रतिक्षालयमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक साविक हापुर गाबिस ७ हाल नारायणपुर बस्ने अन्दाजी ५०/५२ बर्षका नारायण बस्नेत रहेको खुलेको छ। उनको साथमा सुसाईट नोट पनि भेटिएको छ । अहिले प्रहरी घटना स्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्