दाङ – खोलाले बगाउदा रुकुम पश्चिममा तीन बालबालिकाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका – १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउदा ३ जना बालबालिकाको मृत्यु र १ जना वेपत्ता भएका छन ।
गएराति साढे एघार बजे तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउदा ति बालबालिकाको मृत्यु भएको आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनु भएको छ ।
प्रमुख केसीका अनुसार बालबालिकाहरुको शव खोलाको विचमा देखिएको छ, प्रहरी घटनास्थलमा पुगेको छ तर वर्षात भैरहेको कारण र खोला ठुलो भएका कारण त्यहाँ सम्म पुग्न सकिएको छैन। मृतक बालबालिकाको पहिचान हुन् सकेको छैन।
फोटो:- सूर्यनारायण बटाला क्षेत्री

प्रतिक्रिया दिनुहोस्