दाङ – लमही नगरपालिकाको अपरिपक्व कार्यशैलीका कारण नागरिकले दुःख पाएको नेकपा एमाले लमही नगर कमिटिले निस्कर्ष निकालेको छ । नगर कमिटिका संयोजक रतनकुमार केसीले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकाले बजेट र आर्थिक ऐन पारित नगर्दा दैनिक कार्यसम्पादनका कामहरु समेत प्रभावित भएको भन्दै यथाशीघ्र सम्पन्न गर्नुपर्ने कामहरु पुरा गर्न ध्यानाकर्षण गराएको छ ।
स्थानीय सरकार संचालन ऐन–२०७४ ले तोके अनुसार असार १० गते भित्र अनिवार्य रुपमा बजेट सिलिङ प्रस्तुत गरी असार महिना भित्र टुंग्याईसक्नुपर्ने भएपनि नगरपालिकाले हालसम्म बजेट र आर्थिक ऐन पारित नगर्दा समस्या परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘नगरपालिकाको अदरदर्शीता, अपरिपक्कता तथा समयमा अर्थिक ऐन पारित नहुँदा जनताका दैनिक क्रियाकलापहरु ठप्प रहेको यस निन्दनिय अवस्थाको नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमहीनगर कमिटी घोर भत्सर्ना गर्दछ’विज्ञप्तीमा भनिएको छ,‘सम्पन्न गर्नु पर्ने कार्य यथाशीघ्र सम्पन्न गरि लमही नगरबासीहरुका दैनिक कार्यलाई सहज बनाइ दिनका लागि सम्बन्धित निकायको गम्भीर रुपमा ध्यानाकर्षण गराउदछौं ।’
लमही नगरपालिकाको काम गर्ने अपरिपक्क शैलीका कारण हरेक क्षेत्रमा पछाडी परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्