दाङ – पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्य अवस्थामा खराबी आएपछि वीर अस्पताल भर्ना भएका छन् । उनलाई डेंगु सक्रमण भएको छ ।
ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना भएका अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेकाे छ र डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्