कांग्रेसको प्रमुख सचेतकमा घिमिरे मनोनित

दाङ समाचार
दाङ समाचार ५ श्रावण २०८१, शनिबार
0 Min Read
Aa

दाङ– नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

रमेश लेखक ३१ असारमा गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो । घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्