देशका धेरै क्षेत्रमा एकसाथ विद्युत अवरुद्ध

दाङ समाचार
दाङ समाचार ५ श्रावण २०८१, शनिबार
1 Min Read
Aa

दाङ – शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ । काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको छ । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो ।

‘प्रशारण लाइनको ब्याक अप नभएका कारण विद्युत अवरुद्ध भएको हो, विराटनगर वरपरबाहेक अन्य ठाउँमा समस्या भएको छ’, उनले भने ।ढल्केबर हेटौंडा प्रशारण लाइन नबनेका कारण र लालबन्दीमा तार फेर्न नपाएका कारण अवरुद्ध भएको प्रवक्ता घोषले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्