हराएको बस खोज्न ल्याइएको १९ किलोको चुम्बक नै हरायो

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०८१, शनिबार
1 Min Read
Aa

दाङ – नारायणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूलीमा हराएको छ।

बेपत्ता बस र यात्रुहरुको खोजी गर्न नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो।

सो टोलीले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेट अन्तरगर्तको १९ किलोको चुम्बक आज खोजी गर्ने क्रममा हराएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।

उनका अनुसार उक्त टोलीले १९ र १४ किलोको दुई चुम्बक ल्याएका थिए। सो मध्य १९ किलोको चुम्बक खोजतलासका क्रममा हराएको हो। ‘खोजी गर्न क्रममा पानीले बगाएछ।’ उनले भने।

सहायक अधिकारीले भारतीय टोलीसहितको उपकरणले खोजी गर्दा पनि दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति नदेखिएको सुनाए। अब खोजी कार्य जारी राख्ने कि स्थगित गर्ने भन्नेबारे भोलि छलफल गरिने उनको भनाइ छ। #NAGARIKNEWS

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्